भिडियो

संसारको ज्योति (नेपालीमा)
संसारको ज्योति (नेपालीमा)

यहाँ तपाईंले संसारको ज्योति फिल्म हेर्न सक्नुहुन्छ । ७८ मिनट लामो यो प्रस्तुतिले येशू ख्रीष्टको सुसमाचारलाई वर्णन गर्दछ । यो फिल्मले चित्र देखाउँदै संसारको सृष्टिको र संसारमा पाप प्रवेश गरेको वृत्तान्त बताउँदछ । त्यसपछि यसले येशू ख्रीष्ट कसरी संसारको उद्धारकत्र्ता हुनुहुन्छ भनी देखाउँदछ । यो फिल्म चीक पब्लिकेसनले प्रकाशन गरेको थियो । तल दिइएका अनुवादहरू दक्षिण एसियामा गरिएका हुन् र अनुमति लिएर यहाँ राखिएका हुन् ।

संसारको ज्योती (हिन्दीमा)
संसारको ज्योती (हिन्दीमा)
संसारको ज्योती (मैथिलीमा, मगही वा मागधी))
संसारको ज्योती (मैथिलीमा, मगही वा मागधी))

ध्यानको लागी

जीवनका लयहरू र समयको सन्देश

तब हाम्रो लागि समयचाहिँ हामीले गर्ने कामको निर्दिष्ट अवधिभन्दा बढी बन्दछ । साथै पूरा नगरिने कामको बारेमा डरलाग्दो मनन् पनि गरिन्छः काम पूरा नगर्नु, मानिसहरूलाई नभेट्नु, परमेश्वरको अनुग्रहलाई स्वीकार नगर्नु ।
Share
पोस्ट हेर्नुहोस्

देह-धारणः अपमानदेखि विजयसम्म

"ख्रीष्ट एउटा आदर्श-वाक्य उत्कृष्ट भएको, जसले हरेक बाधा-व्यवधानहरूमाथि विजयी हासिल गर्नुहुने, र अन्त्यमा आफ्नो प्रसिद्धिको शिखर चुम्नुहुने एक मानवीय शुरवीर हुनुहुन्नथ्यो ।"
Share
पोस्ट हेर्नुहोस्

परमेश्वरले दिनुहुने छुटकारामा धर्मलाई ध्यान दिइएको छ ।

विशेष प्रकाशबिना मानिसहरूको धर्म र चिन्तकहरूको दर्शनशास्त्रमा परमेश्वरसम्बन्धी सही ज्ञान हुँदैन, र त्यसैले मानिस तथा संसारसम्बन्धी, र पाप तथा छुटकारासम्बन्धी कुनै सही ज्ञान हुँदैन ।
Share
पोस्ट हेर्नुहोस्

पुनरुत्थानः धेरै बहसको माझमा एउटा अन्तिम शब्द

विडम्वनाको कुरा, अध्यात्मवाद त आशाविहिनहरूको अन्तिम विकल्प हो । अनि स्वर्गीय अनुभव त दिमागको अन्तिम आविष्कार हो । तर यी कुनै पनि अन्ततः हृदयको लागि पर्याप्त हुनेछैनन् । अन्तस्करणबाट नै मानिसहरू पाप र मृत्युलाई पछ्याउँदै भने पनि जिउन चाहन्छन् ।
Share

यूहन्नाद्वारा लिखित सुसमाचार

यूहन्नाको सुसमाचार

यहाँ तपाईंले बाइबलमा रहेका पुस्तकहरूमध्ये एउटा पढ्न सक्नुहुन्छ । त्यो होः यूहन्नाद्वारा लिखित सुसमाचार । यसले येशू ख्रीष्टको जन्म तथा जीवनको बारेमा बताउँदछ । यसले सम्पूर्ण विश्वासीहरूको मुक्तिको लागि भएको उहाँको जीवन, मृत्यु र पुनर्जीवनको बारेमा घोषणा गर्दछ ।

यूहन्नाद्वारा लिखित सुसमाचारको नेपाली संस्करण ट्रिनिटरियन बाइबल सोसाइटी र जीवन मार्ग प्रकाशनद्वारा प्रकाशित नेपाली बाइबल, प्रतिलिपि अधिकार © २०११ बाट लिइएको हो र उहाँहरूको दयालु अनुमतिद्वारा प्रयोग गरिएको हो । गूगल प्ले स्टोरमा यो नेपाली बाइबलको सगम्र संस्करण देखाउने एप उपलब्ध छ ।

पुस्तकका खण्डहरू

केही पुस्तकहरूका शुरूका अध्यायहरू यहाँ पढ्न सकिन्छ ।

एउटा गुरुको

रवि आर. महाराज

यो पुस्तक रवि महाराजको नेपाली भाषामा अनुदित जीवनी हो । सन् १९४७ मा ट्रिनिडाड र टोबागोमा जन्मिएका महाराज हिन्दू पूजाहारीहरू र गुरुहरूको लामो इतिहास भएको परिवारका सन्तान हुन् । तर तिनले सन् १९७० मा ख्रीष्टियन विश्वासलाई अङ्गाले । यो तिनको कथा हो ।

पर्सियाका सत्य कथाहरू

विलियम म्याकइल्वी मिल्लर

योचाहिँ विलियम म्याकएल्वी मिलरद्वारा लिखित एउटा पुस्तकको नेपाली अनुवाद हो । तिनी बीसौं शताब्दीको पहिलो अर्धभागमा पर्सियामा प्रिष्विटेरियन मिशनेरी बनेर गएका थिए । यो पुस्तकमा तिनी पर्सियामा हुँदाखेरिको समयका छोटा कथाहरू छन् । पर्सियालाई अहिले इरान भनिन्छ ।