यो वेभसाइटको बारेमा

केही पाठकहरू प्रभातफेरि सम्बन्धी विचारसँग परिचित भइसक्नुभएको हुनेछ । यो शब्द संस्कृत भाषाबाट आएको हो, तर धेरै प्रकारका भारतीय परम्पराहरूले त्यसको समग्र विचारलाई एउटै तरिकाले बुझेका छन्ः यो भनेको बिहान सखारै भक्तजनहरू जुलुसको रूपमा हिँड्नु हो, जसका सहभागीहरूले कहिलेकाहीँ भजनहरू पनि गाउँछन् । विगतमा प्रभातफेरि  चाहिँ एउटा धार्मिक काम थियो, तर त्यही साधारण विचारलाई अहिले सामाजिक तथा राजनैतिक विषयहरूको लागि प्रायः चलाइन्छ । यहाँ उक्त वाक्यांशको प्रयोगले ती अन्य अर्थहरू बुझाउने ढोङ्गसमेत गर्दैन; तर बरु यो त दिनको शुरूको समयको गम्भीरतासँग सहमत पो हुन्छ । त्यसले यो कुरा बुझाउँदछ कि मानिसहरूले परमेश्वरको प्रशंसा गाउनुभन्दा पहिला उहाँले आफ्नै बारेमा प्रकट गर्नुभएको कुरालाई बुझ्नुपर्दछ । जसरी दिन र दिनभरिका आवश्यक तथा असल क्रियाकलापहरू शुरू हुनुभन्दा पहिला झिसमिसे उज्यालो हुन्छ, ठीक त्यसरी नै मानिसले गर्ने भक्तिहरूभन्दा पहिला परमेश्वरसम्बन्धी ज्ञान हासिल गरिनुपर्दछ । अज्ञानताले मूर्तिपूजातिर पु¥याउँदछ ।

यो वेभसाइट पूर्णरूपमा र स्पष्टरूपमा ख्रीष्टियन हो । अनि यसको लक्ष्य इच्छुक ख्रीष्टियनहरूलाई विभिन्न विषयहरूमा सहायता पु¥याउनु हो । ती विषयहरू बाइबलले आफ्ना विभिन्न खण्डहरूमा सिकाउने कुराहरूसँग प्रायः सम्बन्धित हुनेछन्, तर धर्म तथा संस्कृतिका बृहद् विषयहरूसम्बन्धी सामग्रीहरू कहिलेकाहीँ प्रकाशन हुनेछन् । फेरि, यो वेभसाइटको लक्षित वर्गचाहिँ इच्छुक ख्रीष्टियनहरू हुन्; तर पढ्नको लागि सबैलाई स्वागत् छ । अनि समय–समयमा यस्ता सामग्रीहरू प्रकाशन हुनेछन् जसलाई अख्रीष्टियनहरूले पनि मन पराउन सक्नुहुन्छ ।


लेखकको बारेमा

सङ्युक्त राज्य मूल घर भएको म टेनेस्सी राज्यको ओक रिजमा हुर्किएँ । कजेल पढ्ने बेलामा मैले सुसमाचार सुनेँ । गर्मी मौसमको छुट्टीमा काम गर्ने बेलामा खानीका मजदुरहरूले मलाई पहिलोपटक सुसमाचार बुझाइदिए । मैले पछि त्यही कुरा एउटा सानो ब्याप्टिष्ट चर्चमा सुनेँ, जहाँ म गर्मी मौसममा कहिलेकाहीँ जाने गर्दथेँ । (त्रित्वसम्बन्धी ख्रीष्टियन सिद्धान्तबारेको एउटा प्रवचन सुनेर आश्चर्यचकित भएको म अभैm पनि सम्झन्छु । त्यही प्रवचनलाई नै म बाइबलको विषयवस्तु र सन्देशप्रति साँचो रुचि जगाइदिने कारक ठान्दछु ।) कलेजबाट दिक्षान्तित भएको धेरै महिनापछि मैले सुसमाचारमा विश्वास गरेँ । त्यो वर्ष थियो सन् १९९५ ।

मेरो परिवार सन् २००२ देखि दक्षिण एसियाको एउटा देशमा बसेको छ । मेरी श्रीमती र मेरा चारजना छोराछोरी छन्, जसमध्ये एकजना अहिले सङ्युक्त राज्यमा फर्किएर कलेज पढिरहेका छन् । हामी आइडाहु राज्यको बोइसीमा अवस्थित एउटा ब्याप्टिष्ट चर्चका सदस्य हौं । केही कारणहरूले गर्दा — खास गरी दक्षिण एसियामा सुरक्षासँग सम्बन्धित कारणले गर्दा — मैले यो वेभसाइटमा मेरो नाम उल्लेख गरेको छैन ।

यो वेभसाइटको प्रयासचाहिँ केही विचारहरू र निरीक्षणका परिणामहरूलाई पाठकको सामु पस्किनु हो । यहाँ प्रकाशित हुने कुराहरू खास गरी पवित्रशास्त्रसम्बन्धी विचारहरू हुन्, तर धर्म तथा संस्कृतिसम्बन्धी केही विचारहरू पनि कहिलेकाहीँ प्रकाशन हुनेछन् ।

तपाईंसँग कुनै प्रश्नहरू वा विचारहरू भएमा तिनलाई खुलारूपमा मकहाँ पठाउनको लागि यो सम्पर्क लिङ्कमा क्लिक गर्नुहोस् ।

सम्पर्क

इमेलबाट नयाँ प्रकाशनका सूचनाहरू प्राप्त गर्नको लागि दर्ता गर्नुहोस् ।